राजनीति

ताजा जनादेशको विकल्प छैन : देवराज घिमिरे



काठमाडौँ, २९ पौष । विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ताजा जनादेशको विकल्प नभएको बताएका छन् । 

आज झापाको विर्तामोडमा पत्रकार सम्मेलन गरेर उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबै पक्ष सहभागी हुनुपर्नेमा जोड दिएका हुन् । 

ताजा जनादेशको विकल्प नभएको धारणा व्यक्त गर्दै उनले आगामी माघ ५ गते आफ्नो कार्यकाल समाप्त हुने बताए । तीनवर्षे कार्यकालमा मतदाताको विकासको चाहना पूरा गर्न आफूले हरसम्भव प्रयत्न गरेको समेत उनले बताए ।