काठमाडौँ, २९ पौष । ललितपुरको गोदावरी नगरपालिका–९ बुरमचुली जंगलस्थित खोल्सामा मंगलबार एक युवकको शव फेला परेको छ ।
प्रहरीका अनुसार अन्दाजी ३० वर्षका देखिने नाम, थर र ठेगाना खुल्न नसकेको एक युवकको शव फेला परेको हो । स्थानीयले खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
उक्त घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्