काठमाडौँ, ३० पौष । पछिल्लो केही समययता जाडो बढ्दै गएको छ । न्यूनतम तापक्रम घट्दो क्रममा रहँदा चिसो बढ्दै गएको हो ।
चिसोको समयमा आगो, विजुलीको हिटरजस्ता सामग्रीको प्रयोग बढ्नु स्वभाविक हो । तर, आगो, विजुलीको हिटर ताप्दा दुर्घटना एवं जनधनको क्षति हुने सम्भावना भएकाले सावधानी अपनाउन राष्ट्रिय स्वास्थ्य शिक्ष, सूचना तथा सञ्चार केन्द्रले आग्रह गरेको छ ।
चिसोबाट बच्न र न्यानो रहन न्यानो लुगा लगाउन आग्रह गरेको केन्द्रले आगो ताप्नै परे आगोको नजिक बसेर नताप्न सुझाव दिएको छ ।
आगो, हिटर र विजुलीको काम सकिने वित्तिकै तुरुन्तै निभाउनु पर्नेमा जोड दिएको केन्द्रले आगो, तातो पानी र तातो पदार्थ साथै हिटर र विजुलीको सामाग्रीबाट बच्चाहरुलाई टाढै राख्न अनुरोध गरेको छ ।
खाना पकाउँदा बच्चा बोक्न हुदैन भने कपाल र कपडा सपक्क बाँध्नुपर्छ । छिट्टै आगो टिप्ने पोलिष्टर तथा टेलिकटनको कपडा नलगाउन केन्द्रको सुझाव छ ।










प्रतिक्रिया दिनुहोस्