अर्थ

लसुनको मूल्य घट्यो



काठमाडौँ, ३० पौष । बजारमा सुकेको लसुनको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज  लसुनको मूल्य घटेको हो ।

बजारमा चिनियाँ र नेपाली गरी दुई प्रकारका लसुन किन्न पाइन्छ । आज बुधबार सुकेको नेपाली लसुनको भाउ घटेको तथ्यांकले देखाउँछ । आज सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो औसत ३० रुपैयाँ घटेको छ ।

हिजो मंगलबार नेपाली सुकेको लसुन प्रतिकिलो २ सय ५ रुपैयाँमा किनबेच भएको थियो । आज १ सय ७५ रुपैयाँमा किनबेच भइरहेको छ । चिनियाँ लसुन प्रतिकिलो थोकमा २ सय ८२ रुपैयाँमा किनबेच भइरहेको छ ।