काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाले विशेष महाधिवेशनले गरेको नेतृत्व चयनसहितको दस्तावेज निर्वाचन आयोगमा बुझाएका छन् ।
आज सभापति थापाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्तान्तरण गरेका हुन् ।
आज सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीहरू आयोगमा पुगेका थिए ।
उनले कार्यवहाक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई कांग्रेस विधानको व्यवस्था अनुसार महाधिवेशन भएको अवगत गराएका छन् ।
महाधिवेशन विधानको धारा १७ को उपधारा २ अनुसार भएको जानकारी दिएका छन् । यो विधानको बाध्यकारी व्यवस्था भएको र त्यो व्यवस्था अन्तर्गत भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेकाले अब नेपाली कांग्रेसको विवरण अद्यावधिक गर्नुपर्ने बताए ।










प्रतिक्रिया दिनुहोस्