काठमाडौँ, २ माघ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ देवचुली नगरपालिका–१४ देवचुली चोकस्थित पूर्वपश्चिम राजमार्गमा स्कारपियोको ठक्करबाट गम्भीर घाइते स्थानीय ४२ वर्षीया जया आर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
कावासोतीबाट दलदलेतर्फ आइरहेको बा १६ च ४७४० नम्बरको स्कारपियोले ठक्कर दिँदा अर्याल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको र उनलाई चिकित्सकले मृत घोषित गरेको हो । दुर्घटनामा संलग्न स्कारपियो र चालक खोजतलासका क्रममा गैँडाकोट क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्