काठमाडौँ, २ माघ । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा नागरिक लगानी कोष (सीआईटी)ले ५१ लाख रुपैयाँ योगदान गरेको छ ।
गएको भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहतलगायत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त सहयोग गरिएको हो ।
सीआईटीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत सरकारले स्थापना गरेको कोषमा शुक्रबार उक्त सहयोग उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।
उक्त रकमबराबरको चेक कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरे । त्यस अवसरमा अर्थसचिव डा. घनश्याम उपाध्याय, सहसचिव उत्तरकुमार खत्रीलगायत सीआईटीका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की समेतको उपस्थिति थियो ।
पुनर्निर्माण कोषमा पुर्याएको योगदानका निम्ति अर्थमन्त्री खनालले नागरिक लगानी कोषप्रति आभार व्यक्त गरेका मन्त्रालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्