काठमाडौँ, ३ माघ । जिल्ला प्रहरी कार्यालय मोरङले जुवा खेल्दै गरेको अवस्थामा चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूबाट तीन लाख त्रियानब्बे हजार नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ का जय किशोर साह, भोजपुरको हतुवागढी गाउँपालिका वडा नं. ३ का हेमन्त राई, मोरङको कटहरी गाउँपालिका वडा नं. ५ का सोनलाल राजवंशी र मोरङकै सुन्दरहरैंचा नगरपालिका वडा नं. ५ का इन्द्र आचार्य रहेका छन्।
पक्राउ परेका व्यक्तिहरूलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरीले जनाएको छ। प्रहरीले समाजमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्न प्रतिबद्ध रहेको बताएको छ ।










प्रतिक्रिया दिनुहोस्