समाचार

छतबाट खसेर वृद्धाको मृत्यु



काठमाडौँ, ३ माघ । बाजुराको बडीमालिका नगरपालिकामा आफ्नै घरको छतबाट खसेर एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बडीमालिका–९, गैरीबजारकी ७२ वर्षीया कमला लुहारको शुक्रबार मृत्यु भएको हो ।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी थिइन् । छिमेकीले उद्धार गरी उनलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले उनको मृत्यु घोषणा गरेका हुन् ।

उनको शव परीक्षणका निम्ति सोही अस्पतालमा राखिएको छ ।