बुटवल, ३ माघ । नेकपा (एमाले) केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन् ।
रुपन्देही क्षेत्र नं २ अन्तर्गत तिलोत्तमा नगरपालिका ३ का स्थायी बासिन्दा पौडेलले पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा पछिल्लो समय पार्टीमा मौलाएको अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली बेइज्जती संस्कृति, मोलाहिजा र गुटगत मोविज्ञानसँग सहमत हुन नसकेर पार्टी परित्याग गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
पार्टी परित्याग गरी स्वतन्त्र रहने उनको दाबी छ । पौडेल एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश सरकारको मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए । उनी एमाले सरकारमा हुँदा कानुन आयोगको सदस्य समेत थिए ।










प्रतिक्रिया दिनुहोस्