राजनीति

पार्टीको निर्णय सुनेर विचलित नहुन योगेश भट्टराईको आग्रह



काठमाडौँ, ४ माघ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टीको निर्णय सुनेर विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश क्षेत्रमा उमेदवार टुंगो लगाएको छ । जसमा भट्टराईलगायत चर्चित नेताहरूले नै टिकट पाएका छैनन् । उक्त निर्णयमा भट्टराईले नोट अफ डिसेन्ट लेखेका छन् ।

आज बिहान फेसबुकमा एक पोस्ट गर्दै भट्टराईले लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू निर्णय सुनेर विचलित नहुँन अनुरोध गर्दछु ।’

उनले अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आह्वान गरेका छन् । ‘हाम्रो यात्रा लामो र गौरवपूर्ण छ,’ भट्टराईले भनेका छन् ।