काठमाडौँ, ४ माघ । बजारमा अकबरे खुर्सानी (हरियो) को मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको मूल्य घटेको हो ।
आज अकबरे खुर्सानीको मूल्य थोकमा प्रतिकिलो ५० रुपैयाँले घटेको छ । शनिबार अकबरे खुर्सानी प्रतिकिलो ६ सय रुपैयाँमा किनबेच भएको थियो ।
आज अकबरे खुर्सानी प्रतिकिलो ५ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ । पुस दोस्रो साता भने अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत ४ सय रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी मंसिर पहिलो साता अकबरे खुर्सानी प्रतिकिलो थोकमा औसत १ सय ३० रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्