समाचार

लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ



काठमाडौँ, ४ माघ । लागुऔषध कारोबारीसँग २ लाख असुलेको आरोपमा २ प्रहरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार पक्राउ पर्नेमा सहायक हवल्दार धिरेन्द्र बिष्ट र जवान सुजन कार्की छन् ।

लागुऔषध कारोबारीसँग रकम लिएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । अहिले पक्राउ परेका दुवै जना काठमाडौँउपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी कर्मचारी हुन् ।