काठमाडौँ, ४ माघ । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।
मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन् ।
स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार, उनले कार्यबाहकको जिम्मेवारी पाएकी हुन् । मेयर शाहले रास्वपा कार्यालय पुग्नुअघि पदबाट राजीनामा दिएका हुन् ।
उनी केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्दैछन् । रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड छ । दिउँसो १ बजे नै पुग्ने भनिए पनि उनी राजीनामा लगायतका विषयमा दोधारमा परेपछि केहीबेर ढिलो भएको थियो ।










प्रतिक्रिया दिनुहोस्