काठमाडौँ, ४ माघ । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ ।
सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । कारोबार सुरु भएदेखि दिनभर बजार हरियो रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब २० करोडको कारोबार भएकोमा आज ८ अर्ब ४० करोडको भयो ।
फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो । सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो ।
त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक र गोर्खाज फाइनान्स छन् । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।










प्रतिक्रिया दिनुहोस्