राजनीति

सभापति गगन थापा सर्लाही–४ बाट चुनाव लड्ने



काठमाडौँ, ६ माघ । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सभापति थापाले निर्वाचिन क्षेत्र परिवर्तन गर्ने भएका छन् ।

यसअघि तीनपटक काठमाडौँ–४ बाट उनले चुनाव जित्दै आएका थिए । यसपटक गगनले रोजेको सर्लाही ४ मा नेकपा एमालेबाट रविसिंह कुशवाहा र नेपाली कम्युनिस्ट पार्टीबाट डा. रगनिस राय यादव उम्मेदवार छन् ।