काठमाडौँ, ६ माघ । आसन्न आमनिर्वाचनमा सामाजिक सञ्जालको दुरुपयोग नियमन र कारबाहीका निम्ति जिल्ला–जिल्लामा साइबर प्रहरी डेस्क स्थापना गरिने भएको छ । आज गृह मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।
गृह प्रवक्ता आनन्द खनालले भने, “सामाजिक सञ्जाल नियमनका लागि निर्वाचन आयोगले सफ्टवेयर खरिद गरेको छ । त्यो प्रविधिमा अभ्यस्त गराउँदै र आवश्यक तालिम दिएर जिल्ला–जिल्लामा साइबर प्रहरी डेस्कलाई क्रियाशील गराउनेछौँ,’’ ।
निर्वाचनको समयमा नेपाल प्रहरीको साइबर ब्युरोलाई समेत क्रियाशील बनाइने उनले बताए ।
20 January 2026 13:42 PM










प्रतिक्रिया दिनुहोस्