काठमाडौँ, ७ माघ । नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।
बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् आज उल्लिखित रकम झिक्न थालेको हो ।
बजारमा रहेको तरलता दिर्घकालिन प्रकृतिको भएकाले राष्ट्र बैंकले गएको २ सातामा ९ वटा ऋणपत्रमार्फत २ खर्ब रुपैयाँ बजारबाट झिकिसकेको छ । ऋणपत्रमार्फत राष्ट्र बैंकले एक वर्षका लागि उक्त रकम झिकेको हो ।
गत आइतबार र आज भने अर्को उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि २० अर्ब रुपैयाँ झिक्न लागेको हो । पछिल्ला तीन वर्षयता राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार नियमित रूपमा बजारबाट पैसा झिक्दै आएको थियो ।










प्रतिक्रिया दिनुहोस्