अर्थ

दुई लाख एक हजार जरिवाना



काठमाडौँ, ९ माघ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले न्यू शिव स्टोर काठमाडौँ २९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ ।

नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै विभागले एकै दिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।

यसैगरी हिमालउन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले प्रस्ट पारेको छ ।

स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ ।