मनोरञ्जन

फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा



काठमाडौँ, ९ माघ । नवीन चौहानले निर्देशनमा रहेको फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा रिलिज भएको छ ।

निर्माण कम्पनी आर्टमान्डुले आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरेको हो । 

उक्त फिल्मले नेपालमा करिब १२ करोड रुपैयाँ आम्दानी ग्रसकलेक्सन गरेको थियो । ‘ऊनको स्वीटर’ले नेपालमा ४० भन्दा बढी हलमा ५१ दिन मनाएको थियो । 

फिल्ममा विपीन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बू र सुनील पोखरेलको मुख्य अभिनय रहेको छ ।