काठमाडौँ, ९ माघ । वसन्त पञ्चमीको अवसरमा आज राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण गरेका छन् ।
राष्ट्रपति पौडेलले काठमाडौँको वसन्तपुरस्थित हनुमानढोकाको नवसाल चोकमा वसन्त श्रवण गरेका हुन् ।
सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशील कार्की, राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।
वसन्त पञ्चमीको दिन वसन्त श्रवण गरे मात्रै पनि सुख, शान्ति र समृद्धि प्राप्त हुने कथन छ। वसन्त पञ्चमीको दिनबाट वसन्त ऋतु सुरुवात भएको मानिन्छ ।










प्रतिक्रिया दिनुहोस्