काठमाडौँ, ९ माघ । कालीकोटमा एक जना मृत फेला परेका छन् ।
प्रहरीका अनुसार कालीकोटको पलाता गाउँपालिका-४ धौलागाउँमा एक जना मृत फेला परेका हुन् ।
कालीकोटको पलाता गाउँपालिका धौलागाउँकी ४५ वर्षीया मोती रोकाया आफ्नै गोठमा बिहीबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्