काठमाडौँ, ९ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका ५ का नेताहरूलाई जनताका घरघरमा जान र मतदातासँग सिधा सम्पर्क गर्न निर्देशन दिएका छन् ।
आज झापा क्षेत्र नम्बर–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको सम्पूर्ण पार्टी पंक्तिलाई जनताको घरघरमा पुग्न र मतदातालाई एमालेलाई मत दिने वातावरण बनाउन निर्देशन दिएका हुन् ।
अध्यक्ष ओलीले एमालेको नेतृत्वमा भएका विकास निर्माणका काम नै निर्वाचन जित्न पर्याप्त भएको समेत बताएका छन् । केन्द्रीय सदस्य,प्रदेश सदस्य,जिल्ला कमिटीका पदाधिकारी, पालिका तहका नेताहरू सहभागी सो बैठकमा योजना बनाएर प्रचारका काम गर्न र विपक्षीले छरेका भ्रम तोड्न तथा दृढताका साथ निर्वाचन प्रचारमा लाग्न निर्देशन दिएका हुन् ।
उनले भने, ‘यस क्षेत्रमा म पहिलो पटक निर्वाचन लड्न आउँदाको स्थिति के थियो ? अहिले कस्तो छ ?’ त्यति बेला धुलाम्मे सडक मात्र थिए । पिच हेर्न राजमार्ग जानुपर्थ्यो’ ‘अहिले गाउँ टोलसम्म नै पिच सडक पुगेको तपाईंहरुले देख्नुभएको छ । यो एमालेको नेतृत्वले गरेको हो । जनताले यो कुरा बुझेका छन् । तर एक पटक स्मरण गराउनु पर्दछ ।’










प्रतिक्रिया दिनुहोस्