भक्तपुर, ११ माघ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेँले देश र जनताको हितमा राखेर राजनीतिक दलहरू अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् ।
नेमकिपाको ५२औँ स्थापना दिवसका अवसरमा शनिबार आयोजना गरेको विचारगोष्ठी एवं पुस्तक सार्वजनिकीकरण कार्यक्रममा अध्यक्ष बिजुक्छेँले अझै पनि देशको राजनीतिक अवस्था सङ्लो अवस्थामा नरहेको बताएका छन् । देशको राजनीतिक अवस्था सङ्लो नहुँदा देश समस्यामा पर्ने बताए ।
अध्यक्ष बिजुक्छेँले भने, “यतिखेर हरेक राजनीतिक पार्टीहरू भताभुङ्ग अवस्थामा छन् । पार्टीहरू फुटिरहेका छन् ।”










प्रतिक्रिया दिनुहोस्