काठमाडौँ, ११ माघ । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का १ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोलडाँडा थर्पु भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै गरेको ग ३ च ५८३८ नम्बरको जिप आज बिहान सडकबाट अन्दाजी २० मिटर तल खस्दा म्याग्दे –४ कोलडाँडाका १३ वर्षीया कोइस्का घर्तीकाे मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते घर्तीलाई आज बिहान बिहान ८ः ४० बजे प्रदेश अस्पताल दमौलीमा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका र उनको उपचार भइरहेको छ । प्रहरीले चालक ३० वर्षीय वसन्त घर्तीलाई नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्