काठमाडौँ, १२ माघ । त्रिभुवन विश्वविद्यालयले शुल्क पुनरावलोकन गर्न कार्यदल गठन गरेको छ ।
त्रिविको ४ वटा विभागको शुल्क घटाउन माग राखेर अखिल क्रान्तिकारीले १८ पुसदेखि उपकुलपति, रजिस्ट्रार र रेक्टरको कार्यकक्षमा ताला लगाएको थियो । मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द शान्ति तथा विकास अध्ययनको शुल्क घटाउन क्रान्तिकारीले माग गरेको हो । त्यसैले त्रिविले कार्यदल गठन गरेको हो ।











प्रतिक्रिया दिनुहोस्