काठमाडौँ, १२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका सुदन गुरुङले जेनजी आन्दोलनका क्रममा पहिला गोली चलेको र त्यसपछि सिंहदरबार जलेको बताएका छन ।
आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गुरुङले तत्कालीन सरकारले आन्दोलनकारी युवाहरूलाई गोलीले ढालेपछि मात्रै सिंहदरबार जलेको बताएका हुन् ।
उनले लेखेका छन्, ‘गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो । बच्चाहरू सुरुमा ढलेका हो, त्यसपछि मात्र संरचना बलेको हो । स्मरण रहोस् !’,










प्रतिक्रिया दिनुहोस्