काठमाडौँ, १३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफू सर्लाहीका जनतासँग केवल मत माग्नका लागि मात्र नआएको भन्दै यहाँको माटो र मानिससँग भावनात्मक सम्बन्ध गाँस्न चाहेको बताएका छन् ।
आज सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सर्लाही-४ का उम्मेदवार समेत रहेका थापाले आफू चुनावमा अनुहार देखाएर हराइहाल्ने पाहुना नेता नबन्ने स्पष्ट पारे।
उनले भने, ‘मलाई साथीहरूले यहाँको भाषामा दुई लाइन बोल्नुपर्छ भन्नुभयो, तर म रातभरि रटेर एकछिनका लागि यहाँको भाषा बोलेको जस्तो गर्न चाहन्न,’ ‘म यहाँको जनप्रतिनिधि भइसकेपछि ६ महिना वा एक वर्ष लागोस्, म यहाँको भाषा सिकेर, सबैलाई नामले चिनेर फरर भाषण गर्ने हैसियत बनाएरै छाड्छु ।’
उनले अन्य नेताहरू जस्तो चुनावका बेला हतारमा आउने, फोटो खिच्ने, हात हल्लाएर औपचारिकता निभाउने र पछि छु–मन्तर भएर हराउने प्रवृत्ति आफूमा नभएको बताए ।










प्रतिक्रिया दिनुहोस्