काठमाडौँ, १३ माघ । ओखलढुङ्गाको चिशंखुगढीमा लुटपाटपछि एक दम्पतीको हत्या भएको छ ।
प्रहरीका अनुसार चिशंखुगढी गाउँपालिका ६ को भदौरेस्थित बोहोरेमा स्थानीय चन्द्र विक्रम राई र चन्द्रमाया राईको हत्या भएको हो ।
लुटपाटपछि हत्या भएको हुनसक्ने स्थानीयले जानकारी गराएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्