अर्थ

गोलभेँडाको मूल्य घट्यो



काठमाडौँ, १३ माघ । बजारमा गोलभेँडाको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेँडाको मूल्य घटेको हो ।

अघिल्लो दिनको तुलनामा आज भारतीय ठूलो गोलभेँडादेखि लोकल सानो गोलभेँडासम्म सबैको मूल्य ओरालो लागेको छ ।

हिजो औसतमा प्रतिकिलो ८५ मा किनबेच भएको भारतीय ठूलो गोलभेँडाको मूल्य आज ७७ रुपैयाँ कायम छ । सोमबारको तुलनामा आज मंगलबार यो मूल्य ९.४१ प्रतिशतले कम हो ।

यस्तै लोकल सानो गोलभेडा हिजो २७.५० रहेकोमा आज घटेर २३.७५ पुगेको छ । यसमा १३.६४ प्रतिशतको गिरावट आएको छ ।

टनेल सानो गोलभेडा हिजो सोमबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएकामा आज ४७ कायम भएको छ ।

भारतीय सानो गोलभेँडा सोमबार प्रतिकिलो ३६ रुपैयाँमा किनबेच भएकामा आज मंगलबार १३.१९ प्रतिशतले घटेर ३१ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै तराई सानो गोलभेँडाको मूल्य भने प्रतिकिलो ८.२१ प्रतिशतले घटेर आज ४८ कायम भएको छ । हिजो यसको औसत मूल्य ५३ रुपैयाँ थियो।