राजनीति

कांग्रेसको नीति, ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’



काठमाडौँ, १४ माघ । नेपाली कांग्रेसको विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरु माघ २१ देखि फागुन २१ सम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने भएका छन् । 

उपसभापति विश्वप्रकाश शर्मा संयोजक रहेको चुनाव परिचालन समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ तयार गरिरहेको छ । चुनावको अन्तिम ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने नीति निर्देशिकामा समेटिएको छ ।