सर्लाही, १४ माघ । नेपाली कांग्रेसका सभापति एवं सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगनकुमार थापाले मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको बताएका छन् ।
मधेस प्रदेशअन्तर्गत सर्लाही ४ मा उम्मेदवारी दिएपछि भेटघाटमा व्यस्त रहेका सभापति थापाले आज धनकौलमा आयोजित कार्यक्रममा सांसद कार्यालय स्थापना गरी आफ्ना मतदातासँग सिधै सम्पर्कमा रहेर विकास निर्माणलगायतका काममा सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “मलाई यहाँका जनताले खोज्न अब कहीँ जानुपर्दैन, मेरो सम्पर्क कार्यालय यहीँ रहन्छ मैले पहाड बुझेँ, सहर बुझेँ र यसपटक मधेस बुझ्न उम्मेदवारीसहित यहाँ आएको हुँ । यहाँको शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा आफ्नो संयन्त्र, अनुभव र ज्ञानको अधिकतम सदुपयोग गरी समस्या सम्बोधनमा तल्लीन हुनेछु । तपाईँको नेता नभई बेटा (छोरा) बन्न सर्लाही आएको हुँ । तपाईँहरूले दिएको मतको सम्मान गर्दै विकास निर्माणलगायतका काममा समर्पित हुनेछु ।”










प्रतिक्रिया दिनुहोस्