काठमाडौँ, १५ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङका तत्कालीन उपकुलपति प्रा.डा. संगिता सिंह भण्डारीसहित १९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले उपकुलपति भण्डारीसहित तत्कालीन रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख, बायोमेडिकल इन्जिनियरहरू, खरिद शाखाका कर्मचारीहरू र मेसिन आपूर्तिकर्ता कम्पनी ‘हिमालयन मेडिटेक प्रा.लि.’ का सञ्चालकसमेत गरी १९ जनालाई प्रतिवादी बनाएको छ । प्रतिष्ठानमा सिटी स्क्यान मेसिन खरिद गर्दा गुणस्तरहीन मेसिन ल्याई आर्थिक अनियमितता गरेको आरोपमा आयोगले बिहीबार मुद्दा दायर गरेको हो ।
आयोगले यस प्रकरणमा नेपाल सरकार र प्रतिष्ठानलाई ७ करोड ३१ लाख ८२ हजार ९ सय ८५ रुपैयाँ हानी नोक्सानी पुगेको निष्कर्ष निकालेको छ। सोही रकम बराबरको बिगो कायम गर्दै अख्तियारले प्रतिवादीहरूबाट बिगो असुल उपर गरी कैद र जरिवानाको सजाय मागदाबी गरेको छ।










प्रतिक्रिया दिनुहोस्