भोजपुर, १५ माघ । छोराको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा इस्मा गाउँपालिका–२, छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल छन् । तीन महिनाका छोरा सुवासको हत्या गरेको उनीमाथि आरोप छ । बिहीबार बिहान उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
सन्तबहादुरले मादकपदार्थ सेवन गरी बुधबार राति सुवासको हत्या गरेको भन्ने सूचनापछि खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्