राजनीति

निजी क्षेत्रलाई ‘दलाल’को ट्याग लगाउनु हुँदैन : प्रदीप पौडेल



काठमाडौँ, १८ माघ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निजी क्षेत्रलाई गाली गरेर ‘दलाल’को ट्याग लगाउन नहुने बताएका छन् ।

आज काठमाडौँमा नेपाल आर्थिक पत्रकार सङ्घले आयोजना गरेको ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक कार्यक्रममा दलको तर्फबाट धारणा राख्दै उनले राजनीतिक दलले कानुनको दायरामा बसेर नाफा कमाउनेलाई दलाल भन्न नहुने बताएका हुन् ।

दलहरूले लामा घोषणापत्र ल्याउने र ती घोषणापत्रमा लेखिएका कुरा पुरा नहुने भएकाले कांग्रेसले ‘१० बुँदामा घोषणपत्र’ ल्याउने पनि पौडेलले जानकारी दिए । 

उनले भने, ‘कानुनको दायरामा बसेर नाफा कमाउनेहरूलाई हामीले दलालको ट्याग लगाउनु हुँदैन, यो भास्यको अन्त्य हुनुपर्छ । उनीहरुले रोजगारी सृजना र राज्यलाई तिर्ने कर ठुलो हुन्छ,’ ‘व्यवसायीले ठुलो मेहनतले पुँजी निर्माण गरेको हुन्छ । पुँजी निर्माणमा निजी क्षेत्रलाई हामीले सहयोग गर्नुपर्छ ।’