काठमाडौँ, १८ माघ । पोखरा गोल्डकपको २५औँ संस्करण यही माघ २७ गतेदेखि शुरू हुने भएकाे छ ।
प्रतियोगितामा १२ वटा टोली सहभागी हुने आयोजक सहारा क्लब पोखराले जानकारी दिएको छ ।
पाेखरामा हुने प्रतियाेगितामा आयाेजक सहारा क्लबसहित नेपाल पुलिस क्लब, चर्च व्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी, नेपाल एपीएफ क्लब, प्लानिङ ब्वाइज युनाइटेड, जावलाखेल युथ क्लब, भारतकाे सिक्किममा रहेकाे थन्डरबोल्ट नर्थ युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, हङकङको गोर्खा इन्टरनेशनल क्लब, उज्वेकिस्तानको आभा फुटबल क्लब र भारतको एक टोली सहभागी हुने भएका छन् ।
आउँदो फागुन ९ गतेसम्म चल्ने प्रतियोगितामा यस पटक पुरस्कार राशि बढाइएको छ । प्रतियोगिताको विजेताले १४ लाख १ हजार र उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयो ।
पोखरा गोल्डकपको २५औँ संस्करण फ्लडलाइटमा हुने भएकाे छ । प्रतियाेगिता पहिलो पटक फ्लडलाइटमा हुन लागेको हो ।










प्रतिक्रिया दिनुहोस्