राजनीति

देश बनाउने दूर दृष्टिका साथ गगन थापा मुलुकको नेतृत्व गर्न तयार: उपसभापति शर्मा



झापा, १९ माघ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका सभापति गगनकुमार थापा मुलुकको नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

झापा निर्वाचन क्षेत्र नं. १ मा आइतबार भएको क्षेत्रीय कार्यकर्ता भेलामा उपसभापति शर्माले देश बनाउने दूर दृष्टि भएका कारण पार्टीले सभापति थापालाई नै भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको बताए ।

“नेपालको लोकतान्त्रिक आन्दोलनमा सभापति गगन थापाको योगदान, संस्कार र भिजन अतुलनीय छ,” उनले भने, “त्यसैले नेपाली कांग्रेसले उहाँलाई प्रधानमन्त्री बनाउने प्रस्तावका साथ चुनावी अभियान सञ्चालन गरिरहेको छ ।”