अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १९ माघ । आज सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १३ हजार ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८६ हजार ६ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३ सय रुपैयाँले घटेर ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।