काठमाडौँ, २० माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिना (साउन–पुससम्म) मा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३९.१ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह ४.२ प्रतिशतले बढेको थियो । गत पुससम्ममा अमेरिकी डलरमा रेमिट्यान्स ३२.३ प्रतिशतले बढेर ७ अर्ब ५० करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २.७ प्रतिशतले बढेको थियो ।
पुसमा मात्र १ खर्ब ९२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको पुससम्मको मासिक तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको पुसमा १ खर्ब २२ अर्ब ४४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । मासिक रूपमा हेर्दा गत असोजमा हालसम्मकै धेरै २ खर्ब १ अर्ब रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको थियो ।









प्रतिक्रिया दिनुहोस्