हेटौंडा, २० माघ । आफ्नै घरको माथिल्लो तलाबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।
मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बागमती गाउँपालिका-५ लीलावनका ६४ वर्षीय दिलबहादुर घलानको घरको एक तलामाथिबाट लडेर मृत्यु भएको हो ।
घरको माथिल्लो तलामा काम गर्ने क्रममा खसेर उनी घाइते भएका थिए । तत्काल उपचारका निम्ति काठमाडौंस्थित केएमसी अस्पतालमा लगिएको थियो । उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्