समाचार

अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै



काठमाडौँ, २१ माघ । संवाद र सहअस्तित्वप्रति प्रतिबद्धताका साथ आज विश्वका विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय मानव भ्रातृत्व दिवस मनाइँदै छ ।

संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०२० डिसेम्बर २१ मा एक प्रस्ताव पारित गर्दै प्रत्येक वर्ष फेब्रुअरी ४ मा यो दिवस दिवस मनाउने निर्णय गरेअनुरूप सन् २०२१ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

यो दिवसले संस्कृति र विश्वासमा विविध भए पनि हामी सबै एउटै मानव परिवारका सदस्य भएको स्मरण गराउँछ । मानव भ्रातृत्वले शङ्काभन्दा सम्मानलाई प्राथमिकता दिँदै समान गरिमा र अधिकारका आधारमा सहअस्तित्वको अभ्यास गर्न प्रेरित गर्दछ । बढ्दो तनाव र ध्रुवीकरणको वर्तमान सन्दर्भमा मानव भ्रातृत्व केवल आदर्श मात्र नभई शान्तिपूर्ण सहजीवन र प्रत्येक व्यक्तिको अधिकार तथा गरिमाको संरक्षण गर्ने व्यावहारिक प्रतिबद्धता भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।