सर्लाही, २१ माघ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको बाँके जंगल क्षेत्रमा भएको कार दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।
बुधबार बिहान ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलको लच्कामा काँकडभिट्टाबाट बुटवलतर्फ गइरहेको लु ३ च ५४७२ नम्बरको कार अनियन्त्रित भई सडकछेउको डाइभर्सनबाट खस्दा दुर्घटना भएको हो । दुर्घटनामा रुपन्देहीको बुटवल उपमहानगरपालिका–१ निवासी २७ वर्षीय शुभम जैसवाल गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल पुर्याइए पनि उपचारकै क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । कार दुर्घटनामा चालक २३ वर्षीय साहिल बर्मा, कारमा सवार ४८ वर्षीय वृजकिशोर बर्मा र ५२ वर्षीय सञ्जय जैसवाल घाइते भएका छन् ।
तीनैजनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्