काठमाडाैँ, २२ माघ । एमाले नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर–५ का उम्मेदवार ईश्वर पोखरेलले नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणमा अघि बढ्ने उद्देश्यका साथ आफू उम्मेदवार बनेको दाबी गरेका छन् ।
बिहीबार फेसबुकमार्फत आह्वान गर्दै उनले आफू प्रतिवद्धतापत्र निर्माणको क्रममा रहेको भन्दै नेता पोखरेलले सर्वसाधारण र मतदातासँग सुझाव मागेका हुन् ।
पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाई समाजवादको आधार निर्माणको दिशामा अगाडि बढ्ने उद्देश्यका साथ म आगामी प्रतिनिधिसभा निर्वाचन-२०८२ मा नेकपा (एमाले)को तर्फबाट काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार छु । यस क्षेत्रका जनता, विशेषगरी युवाहरुको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता निर्माणको चरणमा छु । तपाईको सृजनात्मक र उपयोगी सुझाबले मेरो योजनाको क्षितिजलाई अझ फराकिलो र बस्तुनिष्ठ बनाउने भएकाले सुझाबका लागि अनुरोध गर्दछु ।‘










प्रतिक्रिया दिनुहोस्