अर्थ

दुई करोड मूल्य बराबरको सुन्तला बिक्री



म्याग्दी, २२ माघ । अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु. दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् ।

बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । दोसल्लेको बगैचाको ६० प्रतिशत सुन्तला बजार पुगिसकेको छ । अझै ४० प्रतिशत सुन्तला बोटमै छ । अन्यत्रको सुन्तला सकिएकाले ब्यापारिले प्रतिक्रेट रु. तीन हजार दुई सय सम्म मूल्य तिर्ने गरेका छन् ।