जनकपुर, २२ माघ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताएका छन् ।
पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने उनले उनले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताए । उनले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उनको भनाइ छ ।
क्रममा देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गरे । उनले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गरे ।
उनले भने, ‘हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनका लागि आएका हौँ । अबको भोट भनेको डेलिभरि दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ । हाम्रो पार्टी डेलिभरि दिने पार्टी हो । अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होइन । डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होइन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिँदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’










प्रतिक्रिया दिनुहोस्