काठमाडाैँ, २३ माघ । प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्र स्थापित गर्ने मात्र नभई लोकतन्त्रको बाटोमा हिँड्नुपर्ने बताएकी छन् ।
बिहीबार सिंहदरबारमा उनले जनताको र युवाको चाहनाबमोजिम काम गरेर देखाउनुपर्ने बताइन् । आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपर्ने गरी काम गर्नुपर्ने बताइन् ।
उनले भनिन्, ‘२००७ सालदेखि जेनजी आन्दोलन कतिले ज्यान गुमाउनुपर्यो ? कति पटक आन्दोलन गर्नुपर्यो ? त्यसको स्मरण गरौँ । ती सहिदहरूको सम्मान गरौँ । तिनको बलिदानीलाई सम्झौँ र उहाँहरूको सपनालाई वास्तवमै साकार पार्न लागौँ । एउटा प्रण गरौँ, अठोट गरौँ– आगामी दिनमा हर पुस्ताले लडाइँ लड्न नपरोस् । प्रत्येक देशवासीले शान्तिसँग बाँच्न पाउन् । अबको बाटो शान्तितिर होस् । शान्ति भए मात्र देशमा विकास हुन्छ । सबै जातजाति, धर्म, संस्कृति, वर्ग र समुदायबिच एकता र सहयोगको भावना होस् ।‘










प्रतिक्रिया दिनुहोस्