राजनीति

दुर्गा प्रसाईं पक्राउ



काठमाडाैँ, २३ माघ । सरकार र ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

काठमाडाैँको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट शुक्रबार प्रसाईं पक्राउ परेका हुन् । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले प्रहरीको साइबर ब्युरोलाई पत्र पठाएको थियो । सोही आधारमा प्रसाईंलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए।

यसअघि पनि ५ माघमा प्रसाईं पोखराबाट पक्राउ परेका थिए ।