काठमाडौँ, २४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले अनुसार अहिले तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेश लगायत हिमाली तथा उच्च पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।
आज दिउँसो तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति तराई भूभागका थोरै स्थानमा हुस्सु रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ। यस्तै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्