मनोरञ्जन

अभिनेता सुनील थापाको निधन



काठमाडौँ, २४ माघ । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । 

कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । अहिले उहाँको शव थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा राखिएको छ ।

दर्जनौं चलचित्रमा अभिनय गरेका उनी खलपात्रमा पहिलो रोजाईका कलाकार थिए ।