काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
भोली बिहान ८ः३० बजे जुममार्फत बैठक बस्ने गरी बोलाइएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारीलाई उपस्थित हुन अनुरोध गरिएको छ ।
बैठकका लागि तीन वटा एजेन्डा तय गरिएको छ। जसअनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–०८२, नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–०८२ र केन्द्रीय अनुशासन समिति गठन सम्बन्धी विषयमा छलफल हुने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्